माओवादी बैठक : बालुवाटारमा नवयुवराज र युवराज्ञीहरुको दबदबा देखियो !
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा नवयुवराज र युवराज्ञीहरुको दबदबा भएको भन्दै कटाक्ष भएको छ ।
बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा एक केन्द्रीय सदस्यले बालुवाटार नयाँ सामन्तवादको किल्ला भन्दै कटाक्ष गरेका हुन् ।
केन्द्रीय सदस्य लक्ष्मण पन्तले गणतन्त्र आएपछि नारायणहिटी दरबारको ठाउँमा बालुवाटार सामन्तवादको नयाँ किल्लामा परिणत दाबी गरे ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै पन्तले आफन्तलाई सचिवालयमा राख्न नहुनेमा समेत जोड दिए ।
एक केन्द्रीय सदस्यका अनुसार पन्तले ‘प्रचण्ड'को निजी सहायक दाहाल हुनु र नारायणकाजी श्रेष्ठको निजी सहायक सुरेशकाजी श्रेष्ठ हुनु संयोगमात्र नभएको बताएका थिए ।
उनले यसै बैठकले नेताहरुका परिवारका सदस्यलाई निजी वा स्वकीय सचिवमा नराख्ने निर्णय गर्नसमेत बैठक समक्ष माग गरे ।
उनले नायब सुब्बासम्मको सरुवामा नेताका परिवारका सदस्यहरुको रुचि रहने गरेको सुन्नमा आएको पनि बताए ।
पन्तले आगामी चारदेखि छ महिनाभित्र पार्टी महाधिवेशन बोलाएर अध्यक्षसहित सिङ्गो केन्द्रीय समिति चुनिनु पर्ने माग पनि बैठकमा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण