रियो दि जेनेरियो शहर आसपास प्रहरी कारबाही, ९ जनाको मृत्यु
ब्राजिलिया । रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो ।
ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना पनि भएको छ । अल जजीराका अनुसार ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले (प्रहरी शक्तिको दुरुपयोगको चिन्तालाई अस्वीकार गर्दै भनेका छन्, ‘अपराधीहरू साङ्लो जस्तै मर्नुपर्छ।’
उनले ब्राजिलमा ‘बुलेट लबी’ लाई दृढतापूर्वक समर्थन समेत गरेका छन् । यहाँ यो शब्दावली राजनीतिक शक्तिहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ जसको आशय बन्दुक, अपराध विरोधी कानून, र कानून प्रवर्तनमा बढेको पहुँचको पक्षमा एकजुट हुनुलाई बुझिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
-
कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाख
-
गण्डकीमा कर्मचारीको तलब बढ्यो, विपद् व्यवस्थापन कोषमा १० करोड
-
बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँकाे बजेट
-
लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु
-
बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण