चार दिनदेखि बेपत्ता कुवेर दमाई मृत भेटिए
शुक्रबार, १९ साउन २०८०, ०९ : ५७
कञ्चनपुर । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् ।
दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए । स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाई सोमबारदेखि बेपत्ता थिए ।
“खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ”, उनले भने, “हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ ।” शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण