चम्पादेवीमा एकीकृत समाजवादीको सचिवालय बैठक जारी
शुक्रबार, १९ साउन २०८०, १० : ३३

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा जारी बैठकमा विभिन्न पार्टी कमिटीका बैठकको तयारी र एजेण्डाबारे छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी तथा समासामयिक राजनीतिक परिस्थितिको विश्लेषण, पार्टीको संगठनात्मक व्यवस्थापन लगायतका विषय छलफलका एजेण्डा छन्’,प्रचार विभाग प्रमुख खतिवडाले भनेका छन् ।
सो पार्टीको स्थायी कमिटी बैठक साउन २० र २१, पोलिटब्युरो भदौ ३ र ४ तथा केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ सम्म गर्ने यसअघि नै तय भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन