चम्पादेवीमा एकीकृत समाजवादीको सचिवालय बैठक जारी
शुक्रबार, १९ साउन २०८०, १० : ३३
काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा जारी बैठकमा विभिन्न पार्टी कमिटीका बैठकको तयारी र एजेण्डाबारे छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी तथा समासामयिक राजनीतिक परिस्थितिको विश्लेषण, पार्टीको संगठनात्मक व्यवस्थापन लगायतका विषय छलफलका एजेण्डा छन्’,प्रचार विभाग प्रमुख खतिवडाले भनेका छन् ।
सो पार्टीको स्थायी कमिटी बैठक साउन २० र २१, पोलिटब्युरो भदौ ३ र ४ तथा केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ सम्म गर्ने यसअघि नै तय भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण