गायक योगेश्वर अमात्यले सञ्जय श्रेष्ठलाई अङ्ग्रेजी सुधार्न भनेपछि...
चर्चित गायक योगेश्वर अमात्यले अर्का गायक सञ्जय श्रेष्ठलाई अङ्ग्रेजी सुधार्न सुझाव दिएका छन् । सो कुरा स्वयं सञ्जयले आफ्नो फेसबुक स्ट्याटसमार्फत् जानकारी दिएका छन् ।
सञ्जयले शुक्रवार बिहान एउटा रमाइलो स्ट्याटस पोस्ट गरेका छन् । जसमा उनले योगेश्वर अमात्यलाई ट्यागसमेत गरेका छन् । उनले उक्त स्ट्याटसमा एउटा किस्सा साझा गरेका छन् । यसमा उनले भनेका छन् –
'Yogeshwar Amatya दाइलाई मैले मेसेज गरेँ - "Dai would you like to have Coffee in the evening today ?"
Yogeshwar dai replied - "संजय, मैले तिमिलाइ हजार पटक भनिसकेँ कि तिमि आफ्नो english सुधार गर..."
Me replied - "दाइ यसमा गलत के छ ?"
Yogeshwar dai replied - "यसमा Whiskey को spelling पुरा का पुरा गलत छ !!!"![]()
![]()
![]()
सञ्जयले साझा गरेको यो रमाइलो किस्सामा धेरैले रमाइला प्रतिक्रिया दिएका छन् । यद्यपि, यसमा योगेश्वरको भने केही प्रतिक्रिया आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण