शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गायक योगेश्वर अमात्यले सञ्जय श्रेष्ठलाई अङ्ग्रेजी सुधार्न भनेपछि...

शुक्रबार, १९ साउन २०८०, १० : ३५
शुक्रबार, १९ साउन २०८०

चर्चित गायक योगेश्वर अमात्यले अर्का गायक सञ्जय श्रेष्ठलाई अङ्ग्रेजी सुधार्न सुझाव दिएका छन् । सो कुरा स्वयं सञ्जयले आफ्नो फेसबुक स्ट्याटसमार्फत् जानकारी दिएका छन् । 

सञ्जयले शुक्रवार बिहान एउटा रमाइलो स्ट्याटस पोस्ट गरेका छन् । जसमा उनले योगेश्वर अमात्यलाई ट्यागसमेत गरेका छन् । उनले उक्त स्ट्याटसमा एउटा किस्सा साझा गरेका छन् । यसमा उनले भनेका छन् –

'Yogeshwar Amatya दाइलाई मैले मेसेज गरेँ - "Dai would you like to have Coffee in the evening today ?"

Yogeshwar dai replied - "संजय, मैले तिमिलाइ हजार पटक भनिसकेँ कि तिमि आफ्नो english सुधार गर..."

Me replied - "दाइ यसमा गलत के छ ?"

Yogeshwar dai replied - "यसमा Whiskey को spelling पुरा का पुरा गलत छ !!!"🥃

😁😁

सञ्जयले साझा गरेको यो रमाइलो किस्सामा धेरैले रमाइला प्रतिक्रिया दिएका छन् । यद्यपि, यसमा योगेश्वरको भने केही प्रतिक्रिया आइसकेको छैन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप