आरजुविरुद्ध टिकटक बनाउनेलाई कारबाही नगरे तरुण दल प्रतिकारमा उत्रिने
काठमाडौँ । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाका सन्दर्भमा कानुनको बर्खिलाफ हुने गरी कलाकारहरूले टिकटक बनाएकोमा आपत्ति जनाएको छ ।
शुक्रवार तरुण दलका अध्यक्ष विद्धान गुरुङले विज्ञप्ति जारी गर्दै देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुग्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूठा र अनर्गल पोष्ट गरिएको बताए ।
कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजुको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति गुरुङको आपत्ति छ ।
‘राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवाञ्छित मनोवृत्तिका व्यक्ति वा समूहहरूलाई ३ दिनभित्र कानुनको दायरामा ल्याउन नेपाल तरुण दल केन्द्रीय समिति गृहमन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनलाई जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
तरुण दलको आग्रहलाई बेवास्ता गरी कानूनविपरित कार्यमा संलग्नलाई कारबाही गर्न आलटाल गरे तरुण दल आफैं प्रतिकारमा उत्रने गुरुङले चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण