सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आरजुविरुद्ध टिकटक बनाउनेलाई कारबाही नगरे तरुण दल प्रतिकारमा उत्रिने

शुक्रबार, १९ साउन २०८०, १४ : १६
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाका सन्दर्भमा कानुनको बर्खिलाफ हुने गरी कलाकारहरूले टिकटक बनाएकोमा आपत्ति जनाएको छ ।

शुक्रवार तरुण दलका अध्यक्ष विद्धान गुरुङले विज्ञप्ति जारी गर्दै देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुग्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूठा र अनर्गल पोष्ट गरिएको बताए ।

कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजुको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति गुरुङको आपत्ति छ ।

‘राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवाञ्छित मनोवृत्तिका व्यक्ति वा समूहहरूलाई ३ दिनभित्र कानुनको दायरामा ल्याउन नेपाल तरुण दल केन्द्रीय समिति गृहमन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनलाई जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

तरुण दलको आग्रहलाई बेवास्ता गरी कानूनविपरित कार्यमा संलग्नलाई कारबाही गर्न आलटाल गरे तरुण दल आफैं प्रतिकारमा उत्रने गुरुङले चेतावनी दिए ।

tarun

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप