शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय जनप्रतिनिधिलाई सिके राउतकाे प्रशिक्षण

शुक्रबार, १९ साउन २०८०, १४ : ३२
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । जनमत पार्टीले स्थानीय तहका जनप्रतिनिधिलाई आज प्रशिक्षण दिइरहेको छ । सो पार्टीले काठमाडौँमा विभिन्न पालिका तथा वडामा जितेका स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिइरहेको हो । जनमत पार्टीले यसअघि वडा, जिल्ला, प्रदेश, राष्ट्रिय परिषद्, केन्द्रीय समिति र सांसदहरुलाई प्रशिक्षण दिइसकेको छ । 

जनमत पार्टीका एक पदाधिकारीले भने, ‘हाम्रो पार्टीमा कतिपय यस्ता जनप्रतिनिधि छन्, जसलाई पार्टीका बारेमा केही थाहा छैन, अध्यक्षबाहेक अरु कसैलाई पनि चिन्दैनन्, पार्टीको सिद्धान्त, विचार र एजेण्डा पनि थाहा छैन । उनीहरु पार्टीको धारभन्दा फरक धारमा हिँडिरहेका छन् । त्यसैले उनीहरुलाई प्रशिक्षण दिइरहेका छौं ।’

चुनावको समयमा उम्मेदवार समेत नभेटिएको बताउँदै उनले जो जो सम्पर्कमा आए उनैलाई चुनावको मैदानमा उतारिएकोले पनि अहिले प्रशिक्षण आवश्यक भएको बताए । ‘अब उनीहरुलाई पार्टीको लाइनअनुसार प्रशिक्षित गरेर पालिकामा पठाउने तयारी छ’ ती पदाधिकारीले भने ।

जनताको पक्षमा काम गर्न पार्टीले केही एजेण्डा तय गरेको बताउँदै उनले चुनावमा जनतासँग गरिएका वाचाअनुसार स्थानीय प्रतिनिधिलाई काम गर्नका लागि प्रशिक्षण आवश्यक रहेको बताए ।

जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा १९ वटा वडाअध्यक्ष, दुईटा पालिका अध्यक्ष र एउटा पालिका उपाध्यक्ष जितेको छ । सो पार्टीका वडा सदस्यसहित ९५ जना जनप्रतिनिधि रहेका छन् भने कार्यपालिकामा १० जना प्रतिनिधि रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप