माओवादी बैठक
‘मात्रिका र गिरिराज भिँड्दा मधेस ध्वस्त भयो’
शुक्रबार, १९ साउन २०८०, १५ : ३३
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले नेताहरु मात्रिका यादव र गिरीराजमणि पोखरेल आपसमा भिँड्दा मधेसमा माओवादी पार्टी ध्वस्त भएको टिप्पणी गरेका छन् ।
शुक्रबार केन्द्रीय समिति बैठकमा बोलदै शर्माले मधेसमा पार्टी विग्रनुको मुख्य जिम्मेवार यादव र पोखरेल रहेको आरोप लगाए । यादव र पोखरेल दुवै पदाधिकारी (उपमहासचिव) हुन् ।
‘मधेसमा दुई हस्ती छन् । गिरीराजमणी पोखरेल र मात्रिका यादव । उहाँहरु कहिल्यै मिल्नुभएन । यी दुई नेता भिड्दा पार्टी मधेसमा उठ्नै सकेन’, शर्माको भनाइ छ ।
फरक प्रसंगमा नेता शर्माले पार्टी नेतृत्वको सरकारले धमाका मच्चाइरहेको बताए । बैठकमा नेतृत्वको आलोचना र सुझाव दिनेलाई अध्यक्षले माया गर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण