माओवादी बैठक
‘मात्रिका र गिरिराज भिँड्दा मधेस ध्वस्त भयो’
शुक्रबार, १९ साउन २०८०, १५ : ३३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले नेताहरु मात्रिका यादव र गिरीराजमणि पोखरेल आपसमा भिँड्दा मधेसमा माओवादी पार्टी ध्वस्त भएको टिप्पणी गरेका छन् ।
शुक्रबार केन्द्रीय समिति बैठकमा बोलदै शर्माले मधेसमा पार्टी विग्रनुको मुख्य जिम्मेवार यादव र पोखरेल रहेको आरोप लगाए । यादव र पोखरेल दुवै पदाधिकारी (उपमहासचिव) हुन् ।
‘मधेसमा दुई हस्ती छन् । गिरीराजमणी पोखरेल र मात्रिका यादव । उहाँहरु कहिल्यै मिल्नुभएन । यी दुई नेता भिड्दा पार्टी मधेसमा उठ्नै सकेन’, शर्माको भनाइ छ ।
फरक प्रसंगमा नेता शर्माले पार्टी नेतृत्वको सरकारले धमाका मच्चाइरहेको बताए । बैठकमा नेतृत्वको आलोचना र सुझाव दिनेलाई अध्यक्षले माया गर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते