एकदिन आउँछ त्यो खुसी
सानै कुरो थियो
अलिकति स्वर ठूलो भयो
उनलाई मन परेन
कुरो बढ्दै बढ्दै गयो
रिस चढ्दै चढ्दै गयो
चर्काचर्की भयो
बाझाबाझ भयो
झगडाले उग्र रूप लियो
उनी हिँडिन् एकातिर
ऊ हिँड्यो अर्कोतिर
बेग्लाबेग्लै बस्न थाले
वकिलहरू सग्बगाउन थाले
फाटो बढ्न थाल्यो
डिभोर्स सम्मको
कुरो हुन थाल्यो
त्यसपछि पल बित्यो
दिन बित्यो
रात बित्यो
बेला, समय बित्न थाल्यो
विरहै विरहले
शून्य शून्यमा
एक्लै एक्लै
न ऊसंग उनी
न उनीसंग ऊ
हर पल उनी जिउन थालिन्
उसैको यादहरुमा
ऊ त झन टोलाउन थाल्यो
उनकै यादहरूमा
उसले सोचिरह्यो
यो दुई दिनको जिन्दगी
त्यो छुटेका मीठा मीठा साथ
त्यो छुटेका मधुर प्यार
उसको मन
उसको आँसु
भन्दै थियो
‘भो अब यो भन्दा बढी
सहन सक्दिन’
त्यस्तै, उनी पनि
सधैँभरिको बिछोडको पीडामा
बस्न सकिनन्
पागल पागल जस्तो भइन्
के के हराए जस्तो
के के गुमाए जस्तो
अदालतकै अगाडि
दुबैको भेट भयो
आँखा जुध्यो
आसलाग्दो हेराइ
सामिप्यमै अन्तरमनको संगम
ओठमा मन्द मन्द मुस्कान
हृदयभित्रदेखि प्रष्फुटित भयो
स्पर्श गरूँ गरूँ लाग्ने
मीठो प्रेम चाहना
दुबैले दुबैसंग माफी मागे
अँगालोमा लपक्क टाँसिएर
मायाले धेरै बेरसम्म रोए
कहिले त्यो बिछोडको
दुःखका आँसु
कहिले यो मिलनको
हर्षको आँसु
अदालतमा पस्नै परेन
उनी ऊ विना र,
ऊ उनी विना
बाँच्नै नसक्ने भए
वकिलहरु हेरेको हेर्यै भए
वरपर सबैले हेरिरहे
हातमा हात समातेर
संगै बाँकी जीवनतिर लम्किरहेका
मायालु जोडीलाई
श्रीमान् श्रीमतीलाई
समय हो
माया गर्नेहरुलाई
एकदिन न एकदिन
आउँछ त्यो खुसी ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण