यूएईले बार्बीलाई रिलिज गर्न अनुमति दियो,ट्रान्सजेन्डर चरित्रका कारण प्रतिबन्धको थियो डर
शनिबार, २० साउन २०८०, १४ : ५८
यूएई । बार्बी अर्को साताबाट युएईका सिनेमाघरमा प्रर्दशन हुने भएको छ । त्यहाँ सरकारले यो फिल्मलाई रिलिज गर्न स्वीकृति दिएको छ । यसअघि अन्तर्राष्ट्रिय स्तरमा सफल भनिएको यो कमेडी चलचित्रलाई युएईले प्रतिबन्ध लगाउने तयारी गरेको आशंका गरिएको थियो ।
यो फिल्ममा एक चरित्र ट्रान्सजेन्डरको रहेको र युएईमा यसको बारेमा नकारात्मक प्रतिक्रिया आउन सक्ने बताइएको थियो । यूएईको मिडिया काउन्सिलले बार्बीको रिलिजलाई स्वीकृत गर्न तीन हप्ताको ढिलाइबारे कुनै कारण बताएको छैन।
यसअघि जोर्डन र इजिप्टमा पनि बार्बीसँग यस्तो भएको थियो । गत वर्ष, धेरै अरब देशहरूले स्पाइडरम्यानको रिलिजमा प्रतिबन्ध लगाएका थिए किनभने फिल्म निर्माण गर्ने स्टुडियोले ट्रान्सजेन्डर क्यारेक्टरलाई सेन्सर गर्न अस्वीकार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण