तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत पुगेको छ ।
आयोजनाको प्याकेज–२ अन्तर्गत १, २ र ३ को पावरहाउस पुग्ने टनेल निर्माण सम्पन्न भइसकेको आयोजनाको भनाइ छ । आयोजनाको प्याकेज–२ अन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने काम भइरहेको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए । कुल ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा ९४ वटा टावर राखिने छ । हालसम्म करिब एक किलोमिटर प्रसारण लाइन जडान गरिएको उनको भनाइ छ ।
प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य लिइए पनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ भएका कारण सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।
आयोजनाको प्याकेज–२ अन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । कम्पनीसँग विसं २०७५ असोज १५ गते रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता गरेको थियो ।
आयोजनाका अनसार पावर हाउसतर्फ करिब एक हजार ५६ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको छ । कुल एक हजार चार सय ५६ मिटर मुख्य सुरुङमध्ये अब करिब चार सय मिटर सुरुङ खन्न छ ।
आयोजनाको प्याकेज–१ अन्र्तगत डयाम बनाउनका लागि भीर कटान भइरहेको छ । उक्त प्याकेजको ठेक्का सोङ दा(कालिका जेभीले विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च
-
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
-
नेपालमा न्याय निरूपण र फैसला कार्यान्वयनको अवस्था कस्तो छ ?