बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बंगलादेशमा डेंगु भयावह बन्दै, १० को मृत्यु, ९ हजार भन्दा बढी संक्रमित

आइतबार, २१ साउन २०८०, १० : ४३
आइतबार, २१ साउन २०८०

काठमाडौँ ।  मित्र राष्ट्र बंगलादेशमा डेंगु संक्रमण भयावह बन्दै गएको छ ।

शुक्रवार र शनिवार बेलुका सम्मको २४ घण्टा भित्र देशका विभिन्न अस्पतालमा डेङ्गुका १० जना बिरामीको मृत्यु भएको छ । करिव ९ हजार ३ सय ३४ डेंगुका बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

 बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले दिएको जानकारी अनुसार राजधानी शहर ढाकामा मात्रै ४ हजार ६८०  डेंगु बिरामीहरू अस्पतालमा भर्ना भएका छन् भने ढाका बाहिरका विभिन्न अस्पतालहरुमा ४ हजार ६५४  बिरामी उपचाररत छन् । डेंगु संक्रमणबाट यो वर्ष मात्र ३०३ जनाको  मृत्यु भइसकेको छ ।

स्वास्थ्य विज्ञहरूले यो महिना र अर्को महिनामा डेंगुको अवस्था बिग्रन सक्ने चेतावनी दिँदै सबै प्रकारका लामखुट्टे बिरुद्ध व्यापक अभियान चलाउन अधिकारीहरूलाई आग्रह गरेका छन् । बंगलादेशमा वर्षाको मात्रा, तापक्रम र आर्द्रताको विश्लेषण गर्दै उनीहरूले एडिस लामखुट्टेको प्रजननका लागि अगस्ट र सेप्टेम्बर महिनालाई सबैभन्दा उपयुक्त हुन्छ । 

यस्तै विश्वमा धेरै देशमा डेंगुको संक्रमण देखिएको छ । एशियाका १२ बढी देशमा डेंगु संक्रमण फैलिरहेको छ । नेपालमा अहिले डेंगुको संक्रमण ७१ जिल्लामा फैलिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप