पार्टीको अबको मुख्य कार्यभार राष्ट्रिय महाधिवेशन : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको अबको मुख्य कार्यभार राष्ट्रिय महाधिवेशन रहेको बताएका छन् । पाटी स्थायी कमिटीको बैठकको समापन गर्दै अध्यक्ष नेपालले पार्टीको राष्ट्रिय महाधिवेशनमा ध्यान दिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
दुई दिन बसेको स्थायी कमिटी बैठकको नेताहरूले राखेका धारणाको जवाफ दिँदै बैठकमा उठाइएका महत्त्वपूर्ण विषयलाई केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने प्रतिवेदनमा समावेश गर्नेगरी बैठकको समापन गरेको हुन् ।
उनले भने, 'हाम्रो शक्ति कमजोर होइन, छैन र यो पार्टीसँग सशक्त वैकल्पिक शक्ति बन्ने निकै राम्रो ग्राउन्ड छ । हामी भन्दा विचार र व्यवहारमा अरू को उत्कृष्ट छ ? विद्रोहको औचित्य पुष्टि भएको छ । यसलाई संख्यामा तुलना गर्न हुँदैन । संख्या बढ्न समय लाग्छ । अबका दिनमा हाम्रो संख्या बढाउन काममा केन्द्रीत गरिरहेका छौँ ।'
अध्यक्ष नेपालले जनता र देशको हित नै पार्टीको काम भएको बताए ।
आजको बैठकमा माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुषाल, शिभ ब देउजा, रत्नेश्वर गोइत, बलराम बासकोटा, रामपृत पासमान, भानुभक्त जोशी, विरोध खतिवडा, लक्स्मण पौडेल, उर्बादत्त पन्त, देव सिङ महत, माधव पौडेल, गोबिन्द कोइराला, साध्य भण्डारी, तुल बहादुर गुरुङ, आलोक रायमाझी, साबित्रा भुसाल, भविश्वर पराजुली, भरत श्रेष्ठ, शत्रुधन महतो, सारदा प्रसाद सुवेदी, गरिमा शाह, कल्याणी खडका, राम चन्द्र यादव, बन्शिधर मिश्र, नागेन्द्र चौधरी, जीवनराम श्रेष्ठ र रामकुमारी झाक्रिले धारणा राखेकाे पार्टी प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादीको पोलीट ब्युरो बैठक भदौ ३ देखि ४ गते र केन्द्रीय कमिटीको बैठक भदौ ५ देखि ७ गतेसम्म बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण