बलात्कार प्रयासको आरोपमा स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुमा महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेकाे आरोपमा स्वास्थ्य प्रमुखसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डे पक्राउ परेका हुन् ।
उनीहरु दुवै जनालाई महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले जानकारी दिए ।
साउन १२ गते राति डिउटीमा खटिएका महिला कर्मचारीमाथि मदिरा सेवन गरी बलात्कारको प्रयास भएको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका आरोपितहरुलाई आजै म्याद थप गरि कानुनी प्रक्रिया आगाडि बढाइने प्रहरी निरीक्षक मल्लले बताए । शिवराज नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका प्रमुख पौडेललाई पक्राउ परेलगत्तै जिम्मेवारीबाट हटाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण