मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८१ लाख राजस्व संकलन
सोमबार, २२ साउन २०८०, १५ : २०
जुम्ला । जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० रु एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ रु ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ रु १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ रु ६४ लाख छ हजार पाँच सय ९८ र विविध शीर्षक अन्तर्गत रु पाँच लाख ७३ हजार चार सय ४० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।
राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट नौ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको उनको भनाइ छ । आव २०७८/७९ र २०७९/८० मा लक्षित वर्गका लागि रु २२ लाख ६१ हजार २८१ राजस्व छुट गरिएको छ ।
नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण