शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८१ लाख राजस्व संकलन

सोमबार, २२ साउन २०८०, १५ : २०
सोमबार, २२ साउन २०८०

जुम्ला । जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० रु एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ रु ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ रु १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ रु ६४ लाख छ हजार पाँच सय ९८ र विविध शीर्षक अन्तर्गत रु पाँच लाख ७३ हजार चार सय ४० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।

राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट नौ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको उनको भनाइ छ । आव २०७८/७९ र २०७९/८० मा लक्षित वर्गका लागि रु २२ लाख ६१ हजार २८१ राजस्व छुट गरिएको छ । 

नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप