सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

४ बजेका लागि बोलाइयो प्रतिनिधिसभा बैठक

सोमबार, २२ साउन २०८०, १५ : ३९
सोमबार, २२ साउन २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्ने समय परिवर्तन गरिएको छ । सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति नजुटेका कारण दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको थियो । 

१ बजे बस्ने गरी तोकिएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुख देवराज घिमिरेले  सभाको बैठक दिनको ४ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।  

सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने एमालेको अडान र समिति गठन गर्न सरकार तयार नभएका कारण प्रतिनिधिसभाको बैठक सहज रुपमा सूचारु हुन सकेको छैन ।

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप