४ बजेका लागि बोलाइयो प्रतिनिधिसभा बैठक
सोमबार, २२ साउन २०८०, १५ : ३९
काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्ने समय परिवर्तन गरिएको छ । सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति नजुटेका कारण दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।
१ बजे बस्ने गरी तोकिएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुख देवराज घिमिरेले सभाको बैठक दिनको ४ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।
सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने एमालेको अडान र समिति गठन गर्न सरकार तयार नभएका कारण प्रतिनिधिसभाको बैठक सहज रुपमा सूचारु हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण