शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालय परिसरलाई हरियाली बनाउन निर्देशन

सोमबार, २२ साउन २०८०, १९ : ४०
सोमबार, २२ साउन २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय  अन्तर्गतका अस्पताल एवम् विभाग, प्रतिष्ठानका परिसर भित्रको खाली जग्गालाई हरियाली बनाउन निर्देशन दिएको छ ।

सोमबार मन्त्रालयले सूचना जारी गरी विभाग, अस्पताल, प्रतिष्ठान, कार्यालय परिसर भित्रको खाली जग्गामा सदावहार फूलिरहने फूलका विरुवाहरूसहित हरियाली बनाउने कार्य गर्न निर्देशन दिएको हो ।

‘अस्पताल र कार्यालयको सौन्दर्यकरणले स्वास्थ्योपचारका लाग आउने बिरामीहरूलाई सकारात्मक ऊर्जा प्रदान गरी शीघ्र स्वास्थ्य लाभमा सहयोग गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि उच्च मनोबल र स्वस्थ वातावरण बनाउन सहयोग गर्न अनुरोध छ ।’ 

मन्त्रालयका शाखा अधिकृत शेर बहादुर विकद्वारा जारी सूचनामा उल्लेख छ ।

22

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप