स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालय परिसरलाई हरियाली बनाउन निर्देशन
सोमबार, २२ साउन २०८०, १९ : ४०
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय अन्तर्गतका अस्पताल एवम् विभाग, प्रतिष्ठानका परिसर भित्रको खाली जग्गालाई हरियाली बनाउन निर्देशन दिएको छ ।
सोमबार मन्त्रालयले सूचना जारी गरी विभाग, अस्पताल, प्रतिष्ठान, कार्यालय परिसर भित्रको खाली जग्गामा सदावहार फूलिरहने फूलका विरुवाहरूसहित हरियाली बनाउने कार्य गर्न निर्देशन दिएको हो ।
‘अस्पताल र कार्यालयको सौन्दर्यकरणले स्वास्थ्योपचारका लाग आउने बिरामीहरूलाई सकारात्मक ऊर्जा प्रदान गरी शीघ्र स्वास्थ्य लाभमा सहयोग गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि उच्च मनोबल र स्वस्थ वातावरण बनाउन सहयोग गर्न अनुरोध छ ।’
मन्त्रालयका शाखा अधिकृत शेर बहादुर विकद्वारा जारी सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण