रात्रि बसको ठक्कबाट कपिलवस्तुमा १० वटा गाई–गोरुको मृत्यु
मङ्गलबार, २३ साउन २०८०, १३ : ४७
काठमाडौँ । रात्रि बसले ठक्कर दिँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ मा १० वटा गाई–गोरु मरेका छन् । दाङबाट काठमाडौँ जाँदै गरेको बसले ठक्कर दिँदा राजमार्ग स्थित पानीधारा जङ्गलमा ५ वाट गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मीन बहादुर घलेले रातोपाटीलाई बताए ।
दुर्घटनामा संलग्न बा.०१– ००६ ख ५१७१ नम्बरको बस र चालक भूपेन्द्र बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रि बस छाडा चौपायालाई ठक्कर दिएर काठमाडौँ तर्फ लागेको थियो । गएराति करिब १२ बजेतिर बसले गाई–गोरुलाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न चालकलाई प्रहरीले ‘पशुपन्क्षी सम्बन्धी कसुर’मा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण