पहिरो पन्छाएर कान्ति लोकपथको अवरोध हट्यो
मङ्गलबार, २३ साउन २०८०, १४ : ५४
मकवानपुर । हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ संचालनमा आएको छ । पहिरोका कारण अवरुद्ध सो सडक पहिरो पन्छाएर संचालनमा ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार रातिको अविरल वर्षासँगै खसेको पहिरोका कारण सो सडक खण्ड अवरुद्ध भएको थियो ।
वर्षाका कारण कान्ति लोकपथ अन्तर्गत बकैया-११ लाम्राङमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए । उनका अनुसार सडक डिभिजन कार्यालय हेटौंडाको २ वटा डोजर प्रयोग गरेर पहिरो पन्छाएको हो ।
पहिरो कारण रोकिएका सवारीहरु सडक संचालनमा आएसँगै गन्तव्यतर्फ प्रस्थान गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण