विश्वप्रकाशले सिकाए ‘आपत्ति’ र ‘नियमापत्ति’को फरक
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद् अवरोध हुँदा जनताको आवाज राख्न नपाइएकोमा गुनासो गरेका छन् । लामो अवरोधपछि मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै १० दिनसम्म ध्यानाकर्षण गर्ने थुप्रै विषयहरू संसद्मा उभिएर बोल्न नपाएको बताएका हुन् ।
संसद्लाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले ‘नियमापत्ति’ र ‘आपत्ति’ भन्ने शब्दको व्याख्यालाई गहिरोसँग बुझिदिन आग्रह समेत गरे । नियमापत्ति गरेर यो संसद् अब चल्दैन भनेर भन्दै गर्दा निश्चित धारामा टेकेर उभिनुपर्छ भन्ने शर्माले स्मरण गराए ।
शर्माले भने, ‘नियमापत्ति भन्ने आपत्ति भन्ने शब्दको व्याख्यालाई गहिरोसँग बुझिदिन आग्रह गर्न चाहन्छु । अहिले मैले बोल्दै गर्दा भूकम्प गयो भने भाग्नका लागि नियमको यो पुस्तक पल्टाइराख्नुपर्दैन । जहाँबाट सजिलो हुन्छ त्यहीँबाट लाग्छौँ । यहाँ आपत्ति पर्यो । त्यस्तै आगलागी भयो भने सुरक्षित हुनका लागि हामीले धारा खोजिराख्नुपर्दैन । त्यसैले आपत्ति र नियमापत्तिको बीचमा फरक हुनुपर्छ ।’
उनले यो जनताको आस्था भएको संसद् भएकाले यहाँ जति पनि निर्वाचित भएर आएका सांसदहरू छन्, प्रत्येकले प्रश्न गर्न पाउने अधिकार सुरक्षित हुनुपर्छ भन्ने मान्यता राख्नुपर्ने जिकिर गरे ।
शर्माले हरेक समस्याको समाधान संसद् अवरोध नहुने पनि बताए । ‘एउटा घटना आउँछ, संसद् अवरुद्ध गरिहाल्ने । यो संसद् प्रतिपक्षको हो । तर, हामीले बोल्ने थलो चाहिँ रत्नपार्क हो ?,’ उनले प्रश्न गरे, ‘आज सदन खुलेको हो भने कति दिनका लागि खुलेको हो ?’
उनले देशको विभिन्न स्थानमा बाढी पहिरोले अस्तव्यस्त भएकाले सरकारले त्यस विषयमा आवश्यक कदम चाल्न ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण