अत्यावश्यक वस्तुको मूल्यवृद्धिविरुद्ध कारबाही तीव्र बनाउन निर्देशन
मङ्गलबार, २३ साउन २०८०, १९ : ००
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले तत्काल बजार अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै सम्बन्धी विषयको समीक्षा कार्यक्रममा मन्त्री रिजालले यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रममा मूल्यवृद्धिविरुद्ध अनुगमनलाई निरन्तरता दिन र बजारमा मूल्यवृद्धि हुन नदिन मन्त्री रिजालले निर्देशन दिए । उनले चाडपर्वलाई समेत ध्यान दिई आपूर्ति व्यवस्थालाई सरल, सहज, नियमित बनाउनका लागि सबै निकाय एकजुट हुनुपर्ने समेत बताए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका सचिव र महानिर्देशकहरूको सहभागिता थियो । यस्तै, अन्य मन्त्रालयका सहसचिवहरू तथा आपूर्तिसँग सम्बन्धित संस्थानहरूका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण