शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अत्यावश्यक वस्तुको मूल्यवृद्धिविरुद्ध कारबाही तीव्र बनाउन निर्देशन

मङ्गलबार, २३ साउन २०८०, १९ : ००
मङ्गलबार, २३ साउन २०८०

 काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले तत्काल बजार अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै सम्बन्धी विषयको समीक्षा कार्यक्रममा मन्त्री रिजालले यस्तो निर्देशन दिएका हुन् ।

 कार्यक्रममा मूल्यवृद्धिविरुद्ध अनुगमनलाई निरन्तरता दिन र बजारमा मूल्यवृद्धि हुन नदिन मन्त्री रिजालले निर्देशन दिए । उनले चाडपर्वलाई समेत ध्यान दिई आपूर्ति व्यवस्थालाई सरल, सहज, नियमित बनाउनका लागि सबै निकाय एकजुट हुनुपर्ने समेत बताए ।

 कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका सचिव र महानिर्देशकहरूको सहभागिता थियो । यस्तै, अन्य मन्त्रालयका सहसचिवहरू तथा आपूर्तिसँग सम्बन्धित संस्थानहरूका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप