आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि विद्यालय बन्द
बाँके । बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् ।
बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ । विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरखबहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकाले विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताए । शुक्रबारसम्म यहाँका विद्यालय बन्द रहने छन् । आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका छन् । उपमहानगरका वडास्तरका आधारभूत स्वास्थ्य सेवा केन्द्र र उपमहानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आँखा पाक्ने समस्याका बिरामी बढी आउने गरेका पाइएको छ ।
बाँकेको खजुरा गाउँपालिकाले पनि बुधबारदेखि चार दिनसम्म विद्यालय बन्द गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण