यस्तो छ महिला विश्वकपको क्वार्टरफाइनलको समीकरण
काठमाडौँ । फिफा महिला विश्वकप २०२३ अन्तिम चरणमा प्रवेश गरेको छ । अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू शुक्रबारदेखि सुरु हुनेछन् ।
अन्तिम आठमा आयोजक अस्ट्रेलियासँगै स्पेन, जापान, नेदरल्याण्ड, स्वीडेन, फ्रान्स, इंग्ल्याण्ड र कोलम्बिया पुगेका छन् । प्रतियोगिताबाट चारपटकको विजेता अमेरिका, दुईपटकको विजेता जर्मनी र एकपटकको विजेता नर्वे बाहिरिइसकेको छ । पूर्वविजेता टोलीमा जापानमात्र प्रतियोगितामा बाँकी रहेको छ ।
अन्तिम १६ का खेलहरूमा स्पेनले स्वीटजरल्याण्डलाई ५–१ ले पाखा लगाएको थियो भने दुई पूर्वविजेताको भिडन्तमा जापानले नर्वेलाई ३–१ ले हराएको थियो । त्यस्तै, नेदरल्याण्डले दक्षिण अफ्रिका र स्वीडेनले साबिक विजेता अमेरिकालाई पेनाल्टीमा पराजित गरेको थियो ।
इंग्ल्याण्ड भने नाइजेरियामाथि संघर्षपूर्ण जीत हासिल गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसैगरी अस्ट्रेलियाले डेनर्माकलाई, कोलम्बियाले जमैकालाई तथा फ्रान्सले मोरक्कोलाई हराएको थियो ।
यस्ता छन् क्वार्टरफाइनलका खेलहरू
शुक्रबार हुने खेलहरू :
१. स्पेनविरुद्ध नेदरल्याण्ड
२. जापानविरुद्ध स्वीडेन
शनिबार हुने खेलहरू :
१. अस्ट्रेलियाविरुद्ध फ्रान्स
२. इंग्ल्याण्डविरुद्ध कोलम्बिया
क्वार्टरफाइनलपछि मंगलबार र बुधबार सेमिफाइनल खेलहरू हुनेछन् । शनिबार तेस्रो स्थानका लागि टोलीहरू भिड्नेछन् भने आइतबार सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा फाइनल खेल खेलाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण