बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अटो

चीनमा किन खस्किदैछ विद्युतीय सवारीको बजार ?

बुधबार, २४ साउन २०८०, १५ : ५५
बुधबार, २४ साउन २०८०

काठमाडौं । पछिल्लो महिना चीनमा प्यासेन्जर सेग्मेन्टका सवारी साधनको खरिद बिक्रीमा गिरावट आएको छ । नयाँ प्रविधिसँगै विद्युतीय, हाइब्रिड तथा न्यू इनर्जीमा आधारित (एनईभीएस) सवारी साधनको उत्पादन तथा विश्व बजारमा निर्यात गर्दै आएको चीनमै गत जुलाईमा व्यापार खस्किएको हो । 

चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) का अनुसार जुलाई महिनामा कूल ६ लाख ४१ हजार युनिट न्यू इनर्जी भेहिकल (एनईभीएस) गाडी बिक्री भएको छ । जुन एक महिनाको अवधिमा ३.६ प्रतिशतको गिरावट हो । 

china-sale

अघिल्लो महिना (जुन) मा यस्तो न्यू इनर्जीे भेहिकल ६ लाख ४७ हजार युनिट बिक्री भएको सीपीसीएको भनाइ छ । 

त्यसो त बढ्दो प्रविधि र प्रयोगसँगै पछिल्ला वर्षहरूमा चीनमा न्यू इनर्जीमा आधारित भेहिकलको बिक्री समग्रमा ३१.९ प्रतिशतले बढिरहेको छ ।

विद्युतीय सवारीको बिक्री ६ प्रतिशतले घट्यो

सीपीसीएका अनुसार गत जुलाईमा ब्याट्रीमा आधारित विद्युतीय सवारी (बीईभीएस) को बिक्री ६ प्रतिशतले घट्न पुगेको छ । 

im-608190

गत जुनमा ४ लाख ४९ हजार युनिट बिक्री भएको विद्युतीय सवारी साधन पछिल्लो जुलाईमा घटेर ४ लाख २१ हजारमा झरेको हो । यद्यपि, यो कूल बिक्री भएको न्यू इनर्जी भेहिकल मध्येको ६५.७ प्रतिशतको हिस्सा हो । 

सन् २०२३ को जनवरीमा २ लाख १३ हजार ६९० युनिट विद्युतीय सवारी बिक्री भएकोमा दोस्रो महिना फेब्रुअरीमा २ लाख ९४ हजार ५३०, मार्चमा ३ लाख ८६ हजार १७४, अप्रिलमा ३ लाख ६० हजार ९३३, मेमा ३ लाख ८८ हजार, जुनमा ४ लाख ४९ हजार र जुलाईमा ४ लाख २१ हजार विद्युतीय सवारी साधन बिक्री भएको सीपीसीएले जनाएको छ । 

चीनमा वार्षिक रूपमा १६.४ प्रतिशतले विद्युतीय सवारीको प्रयोग बढिरहेको छ ।

२ लाख २० हजार हाइब्रिड गाडीको बिक्री

समीक्षा महिनामा २ लाख २२ हजार युनिट हाइब्रिड, प्लग–ईन–हाइब्रिड (पीएचईभी) सवारी साधनको बिक्री भएको सीपीसीएले जनाएको छ । यो कूल बिक्री भएको न्यू इनर्जी भेहिकल मध्येको ३४.३ प्रतिशतको हिस्सा हो । 

जुनमा २ लाख १७ हजार युनिट मात्र बिक्री भएकोमा पछिल्लो महिना हाइब्रिड गाडीको बिक्रीमा १.३ प्रतिशतले वृद्धि भएको हो । 

तर, समग्र प्यासेन्जर भेहिकलमा जुलाई महिनामा १.७७५ मिलियन अर्थात् १० लाख ७७ हजार युनिट गाडी बिक्री भएको सीपीसीएले जनाएको छ । जुन पछिल्लो महिना ६.३ प्रतिशतको गिरावट हो । यो प्राप्त तथ्याङ्क रिटेल बजारको हो ।

यता होलसेल बजारमा हेर्ने हो भने जुलाई महिनामा मात्र ७ लाख ३७ हजार युनिट न्यू इनर्जी भेहिकल (एनईभीएस) बिक्री भएको सीपीसीएको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप