बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

सुस्मिता सेनले अभिनयबाट किन लिएकी थिइन् ८ वर्षको ब्रेक ? भनिन्, ‘समयको बरबादी’

बिहीबार, २५ साउन २०८०, १४ : ३९
बिहीबार, २५ साउन २०८०

सुस्मिता सेन आजकाल आफ्नो वेब सिरिज ‘ताली’ का कारण चर्चामा छिन् । सुस्मिताले सिरिजमा तेस्रो लिङ्गीको भूमिका निभाएकी छिन् । 

मै हूं ना, आंखें, बीवी नंबर १ जस्ता फिल्ममा काम गरेकी सुस्मिताले केही समयका लागि अभिनयबाट ब्रेक लिएकी थिइन् । त्यसपछि सन् २०२० मा उनले ८ वर्षपछि ‘आर्या’ नामको फिल्मबाट धमाकादार फिर्ती गरिन् ।

अभिनेत्रीले अब इन्डियन एक्सप्रेसलाई दिएको अन्तरवार्तामा अभिनयबाट ब्रेक लिनुको कारणबारे जानकारी दिएकी छिन् । 

नायिकाले सिंगल मदर भएका कारण आफूमाथि धेरै नै जिम्मेवारी हुने गरेको बताइन् । उनलाई फिल्मको सेटमा उनीबाट कम काम लिने गरेको जस्तो पनि भान हुने भएकोले त्यतिबेला आफ्नो समय बरबाद भइरहेको जस्तो लाग्थ्यो भनेर उक्त कुराकानीमा बताइन् ।  

नायिकाले भनिन्, ‘म सेटमा भएर पनि काम गर्न सक्दिनथेँ । मेरो ९ देखि ६ को सिफ्ट हुन्थ्यो जुन मेरो गल्ती बिना नै ९ बजेसम्म तन्किन्थ्यो । ’

‘यस्तो अवस्थामा म न त व्यावसायिक रूपमा काम गर्न सकिरहेकी थिएँ न एक आमाको भूमिका निभाउन सकिरहेकी थिएँ । म आफ्नो समय मात्र बरबाद गरिरहेकी थिएँ र अब यस्तो गर्नु हुँदैन भन्ने मलाई लाग्यो ।’

‘मैले त्यसपछि निर्णय गरेँ । त्यतिबेला अलिसा सानै थिइन् । ‘नो प्रब्लम’ मेरो अन्तिम फिल्म थियो । त्यस ताका म केही कुरामा पनि रमाउन सक्दिनथेँ न नै केही सिक्न पाइरहेकी थिएँ । मलाई काममा जान पनि मन लाग्दैनथ्यो । ’

सुस्मिताको व्यावसायिक जीवनबारे कुरा गर्ने हो भने उनको वेब सिरिजको ट्रेलर रिलिज भइसकेको छ । ‘ताली’ तेस्रोलिङ्गी अभियन्ता श्रीगौरी सावंतको जीवनको आधारित छ जुन १५ अगस्टदेखि रिलिज हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप