१० वर्षमा १० हजार मेगावाट किन्ने भारतको घोषणा कहाँ पुग्यो ?
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ १८ गते दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । उनले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने बताएका थिए ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यस विषयमा छिट्टै सम्झौता हुने दाबी गरेका थिए । प्रधानमन्त्रीको भारत भ्रमण सम्पन्न भएको २ महिना बितिसक्दा पनि नेपालमा गत वर्षमा भएको सहमतिभन्दा धेरै बिजुली लग्न नयाँ सम्झौता भएको छैन । त्यही भएर भारतले नेपाललाई बिजुली खरिदमा झुक्याएको त होइन भन्ने आशङ्का बढेको छ ।
हालसम्म भारतले नेपालबाट करिब ४५० मेगावाट मात्रै बिजुली किन्ने सम्झौता गरेको छ । तर, यो क्षमताको बिजुली बेच्न समेत नेपालले वर्षैपिच्छे नयाँ अनुमति लिनुपर्छ । जबकि, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा बिजुलीलाई वस्तुजस्तै सहज रुपमा आयात–निर्यात गर्न मिल्ने व्यवस्था गर्ने भनिएको थियो ।
शनिबार दुई देशका प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा प्रधानमन्त्री प्रचण्डले विद्युत् खरिद सम्झौताबारे चासो राखेका थिए । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले यो विषयमा चाँडै मन्त्रिपरिषद्बाट निर्णय गराएर कार्यान्वयनमा लगिने आश्वासन दिएको बालुवाटार स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण