शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानसेनापति र इन्डोनेसियाका गैर आवासीय राजदूतबीच भेटघाट

बिहीबार, २५ साउन २०८०, २१ : २२
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हेरु हरतान्तो सुबोलोबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । 

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप