शुक्रबारदेखि जसपाको नयाँ विधान कार्यान्वयनमा
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान कार्यान्वयनमा आएको छ । पार्टीको गत असार १० देखि १२ गतेसम्म काठमाडौँमा सम्पन्न विधान अधिवेशनबाट पारित विधान शुक्रबारदेखि लागू भएको हो ।
असार २५ गते पार्टी विधानलाई निर्वाचन आयोगद्वारा अभिलेखिकरण गरिएसँगै विधान क्रियाशिल भएको हो । यस अघिको अन्तरिम विधान खारेज भइसकेको हुँदा पार्टी सम्बन्धित सम्पूर्ण कार्यहरु यसै विधान अनुरुप हुने गरी कार्यहरु गर्न गराउन पार्टीले शुक्रबार मातहत समितिलाई निर्देशन जारी गरेको छ ।
पार्टीले विधान अधिवेशनबाट आफ्नो झण्डा र लोगो फेरेको छ । पार्टीको साङ्गठनिक संरचना संघीय प्रणाली अनुरुपका श्रृङ्खलाबद्ध समिति प्रणालीमा आधाारित हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
विधानमा राष्ट्रिय महाधिवेशन , विशेष महाधिवेशन, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय निकायहरु, प्रदेश अधिवेशन, प्रदेश समिति, प्रदेश कार्यकारिणी समिति र प्रादेशिक निकायहरु, पहिचानमा आधारित प्रादेशिक संरचना र स्थानीय समितिको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण