एमालेले आवेगमा संसद् अवरुद्ध गर्यो : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष एमालेले आवेगमा संसद् अवरुद्ध गरेको टिप्पणी गरेका छन् ।
शुक्रबार पुरुष–परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै शर्माले प्रतिपक्ष नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे भोलि नै अवरुद्ध संसद् खुल्ने बताए ।
उनले संसदमा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको बताए । शर्माले प्रतिपक्षले उठाएको गम्भीर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गरेको बताए ।
उनले भने,‘नेपाली समाजमा हामी अलि बढी आवेगमा छौँ । हित र अहितलाई बुझ्ने विवेक हो तर विवेकलाई भन्दा पनि आवेगलाई बढी प्राथमिकता दिएका छौँ । अहिले काँग्रेस र एमाले गठबन्धनमा छैनौँ । गठबन्धन भयो भने केपी कमरेडका साराकुराहरु राम्रा देख्न थाल्ने र गठबन्धनमा छैनौँ भने सारा कुरा नराम्रो देख्ने हुन्छ । तर हरेक कुरालाई वस्तुगत भएर हे¥यो भने सबैकुरा सकारात्मक हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण