सन् २०२० मा भएको थियो रानीको ‘गर्भपात’ : आफूले पाँच महिनाको बच्चा गुमाएको खुलासा
मुम्बई । हालै बलिउड अभिनेत्री रानी मुखर्जी अस्ट्रेलियाको मेलबर्नमा आयोजित १४औँ इन्डियन फिल्म फेस्टिभलमा सहभागी भइन् । यस क्रममा उनले आफ्नो करियर र सिनेमामा आफ्नो यात्राको बारेमा कुरा साझा गरेकी थिइन् ।
श्रोतासँग प्रत्यक्ष कुराकानी गर्दै रानीले आफू दोस्रो पटक आमा बन्दा पाँच महिनाको गर्भावस्थामै बच्चा गुमाएको बताइन् । सन् २०२० मा कोभिड–१९ महामारीका बेला रानी दोस्रो पटक आमा बनेकी थिइन् । बिजनेश टुडेको रिपोर्ट अनुसार रानी मुखर्जीले कार्यक्रममा आफ्नो व्यक्तिगत जीवनको यो त्रासदीको बारेमा बताएकी थिइन् ।
रानीले मिसेस चटर्जी भर्सेस नर्वेको सुटिङअघि गर्भपात भएको बताइन् । तर, उनले फिल्म रिलिजको बेला यसबारे केही भनेनन् किनभने मानिसहरूले यसलाई प्रचारको नाम दिने उनलाई डर थियो ।
कुराकानीको क्रममा रानीले भनिन्, ‘यो २०२० को कुरा हो जब कोभिड–१९ महामारी फैलिएको थियो । २०२० को अन्त्यमा, म दोस्रो पटक गर्भवती भएँ। तर, गर्भावस्थाको पाँच महिनामा मैले मेरो बच्चा गुमाए। गर्भपात भएको करिब १० दिनपछि निखिल आडवाणीले मलाई फोन गरे। निखिल मिसेस चटर्जी बनाम नर्वेको प्रोडक्सन टिममा थिए। उनले मलाई यो फिल्मको कथा सुनाए र म तुरुन्तै फिल्म गर्न राजी भएँ ।’
मेलबर्नको इन्डियन फिल्म फेस्टिभल ११ देखि २० अगस्टसम्म अस्ट्रेलियाको मेलबर्नको ह्यामर हल अफ आर्ट्स सेन्टरमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण