कोहली इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने एशियाली : एकै पोस्टबाट साढे १७ करोड रुपैयाँ कमाई
नयाँ दिल्ली । भारतीय क्रिकेट टीमका पूर्व कप्तान विराट कोहली इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने भारतीयमात्र मात्र नभएर एशियाली पनि बनेका छन् । उनले एउटा पोस्टबाट ११.४५ करोड रुपैयाँ भारु कमाउँछन् ।
उता खेलाडीको सूचीमा उनी तेश्रो नम्बरमा छन् । यो सूचीमा फुटबलर क्रिस्टियानो रोनाल्डो पहिलो र लियोनल मेस्सी दोस्रोमा छन् ।
हूपर एचक्यूले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गरेको छ । यस अनुसार विराटले इन्स्टाग्रामको एक पोस्टबाट १३ लाख ८४ हजार डलर (करिब ११ करोड ४५ लाख भारतीय रुपैयाँ) कमाउँछन्। इन्स्टाग्राममा कोहलीका २५ करोड ६० लाख फलोअर्स छन् ।
कोहली समग्र सूचीमा १४ नम्बरमा छन्
समग्र लिस्ट हेर्दा विराट कोहली १४ औँ नम्बरमा छन् । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा छन् । उनले एउटा पोस्टबाट ३२ लाख ३४ हजार डलर कमाउँछन्। अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सी दोस्रो नम्बरमा छन् । एक पोस्टबाट मेस्सीको कमाई २५ लाख ९७ हजार डलर छ । तेस्रो नम्बरमा अमेरिकी सेलिब्रेटी सेलेना गोमेज छिन्, जसले एक पोस्टबाट २५ लाख ५८ हजार डलर कमाउँछिन्।
विश्वभरका सेलिब्रेटीहरूको सूचीमा विराटको नम्बर १४ औं स्थानमा छ । यस लिस्टमा कोहलीपछि प्रियंका चोपडा दोस्रो भारतीय अभिनेत्री हुन् । एक पोस्टबाट प्रियंकाको कमाई ५ लाख ३२ हजार डलर छ ।
कोहलीको इन्स्टाग्राम अकाउन्टमा २५ करोड ६० लाख फलोअर्स छन् । इन्स्टाग्राममा यति धेरै फलोअर हुने उनी पहिलो एसियाली हुन् । एसियामा इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने व्यक्तिको सूचीमा इजरायलकी अभिनेत्री गल गाडोट (१०.३ करोड फलोअर्स) दोस्रो र संगीतकार लिसा (९.४ करोड फलोअर्स) तेस्रो नम्बरमा छन् ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण