बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कोहली इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने एशियाली : एकै पोस्टबाट साढे १७ करोड रुपैयाँ कमाई

शनिबार, २७ साउन २०८०, १५ : ४२
शनिबार, २७ साउन २०८०

नयाँ दिल्ली । भारतीय क्रिकेट टीमका पूर्व कप्तान विराट कोहली इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने भारतीयमात्र मात्र नभएर एशियाली पनि बनेका छन् । उनले एउटा पोस्टबाट ११.४५ करोड रुपैयाँ भारु कमाउँछन् ।

उता खेलाडीको सूचीमा उनी तेश्रो नम्बरमा छन् । यो सूचीमा फुटबलर क्रिस्टियानो रोनाल्डो पहिलो र लियोनल मेस्सी दोस्रोमा छन् ।

हूपर एचक्यूले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गरेको छ । यस अनुसार विराटले इन्स्टाग्रामको एक पोस्टबाट १३ लाख ८४ हजार डलर (करिब ११ करोड ४५ लाख भारतीय रुपैयाँ) कमाउँछन्। इन्स्टाग्राममा कोहलीका २५ करोड ६० लाख फलोअर्स छन् ।
 
कोहली समग्र सूचीमा १४ नम्बरमा छन्
 
समग्र लिस्ट हेर्दा विराट कोहली १४ औँ नम्बरमा छन् । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा छन् । उनले एउटा पोस्टबाट ३२ लाख ३४ हजार डलर कमाउँछन्। अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सी दोस्रो नम्बरमा छन् । एक पोस्टबाट मेस्सीको कमाई २५ लाख ९७ हजार डलर  छ । तेस्रो नम्बरमा अमेरिकी सेलिब्रेटी सेलेना गोमेज छिन्, जसले एक पोस्टबाट २५ लाख ५८ हजार डलर कमाउँछिन्।
 
विश्वभरका सेलिब्रेटीहरूको सूचीमा विराटको नम्बर १४ औं स्थानमा छ । यस लिस्टमा कोहलीपछि प्रियंका चोपडा दोस्रो भारतीय अभिनेत्री हुन् । एक पोस्टबाट प्रियंकाको कमाई ५ लाख ३२ हजार डलर छ ।
 
कोहलीको इन्स्टाग्राम अकाउन्टमा २५ करोड ६० लाख फलोअर्स छन् । इन्स्टाग्राममा यति धेरै फलोअर हुने उनी पहिलो एसियाली हुन् । एसियामा इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने व्यक्तिको सूचीमा इजरायलकी अभिनेत्री गल गाडोट (१०.३ करोड फलोअर्स) दोस्रो र संगीतकार लिसा (९.४ करोड फलोअर्स) तेस्रो नम्बरमा छन् ।
 
दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप