बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सरकारको स्थिरतामा शङ्का गर्नुपर्दैन: उपप्रधानमन्त्री खड्का

शनिबार, २७ साउन २०८०, १७ : ३६
शनिबार, २७ साउन २०८०

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शङ्का नगर्न आग्रह गरेका छन् ।  शनिवार आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खड्काले निश्चित कार्य योजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी गरेका हुन् । 

उपप्रधानमन्त्री खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अप्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए । उनले भने, ‘हाम्रो मूल केन्द्रबिन्दु भनेको नेपालको अहित नहोस्, नेपाली नागरिकको अहित नहोस्, नेपाली माटोको रक्षा गर्ने कुरामा कतै असर नपरोस् मूल उद्देश्य त्यहाँ राखेर हामीले गर्ने सुधार परिवर्तन, हामीले ऐन, नियम, नीतिमा, व्यवहारमा र निर्णयमा गर्ने सुधार र परिवर्तनहरू त्यसलाई केन्द्रमा राखेर गरेको खण्डमा कसैले पनि अप्ठ्यारो मान्नुपर्ने निधार खुम्च्याउनु पर्ने, असहज मान्नुपर्ने कुनै कारण छैन । त्यसका लागि वर्तमान सरकार प्रतिबद्ध छ । अहिलेको अप्ठ्यारो परिस्थितिबाट मुलुकलाई माथि उठाउनको लागि मुलुकमा सुशासनको अनुभूति नागरिकलाई दिलाउन, भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न र मुलुकको आर्थिक अवस्थालाई माथि उठाउनका लागि सिङ्गो व्यवसायसँग जोडिएका संस्था व्यवसायीहरूलाई साथमा लिएर साझा उद्देश्यमा रूपान्तरण गरेर अघि बढ्ने निश्चित मार्गचित्र सहित वर्तमान सरकार अघि बढेको छ । यो सरकारको स्थिरतामा कहीँ कतै शङ्का गर्नुपर्ने, के हुने हो भन्नुपर्ने अवस्था छैन । हामी निश्चित कार्य योजनासहित अघि बढेका छौँ । तपाईँहरूसँग जोडिएका समस्या समाधान गर्ने कुरामा समयबद्ध तरिकाले अघि बढ्नेछौँ ।’

उपप्रधानमन्त्री खड्काले राष्ट्र बैङ्कले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवसायीहरूका केही हदसम्मका समस्याहरू समाधान गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप