सरकार युवाहरुलाई श्रमसँग जोड्न लागिपरेको छ : मन्त्री मोदी

मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वर्तमान सरकार युवाहरूलाई श्रमसँग जोड्न लागिपरेको बताएका छन् । मातृभूमि फाउन्डेसन नेपालद्वारा अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा ‘युवाका लागि हरित सीप : विश्व दिगो विकासतर्फ’ नाराका साथ आज यहाँ आयोजित अन्तरक्रियामा उनले मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गरी युवालाई विदेश पलायन हुनबाट रोक्ने दिशातर्फ सरकार अगाडि बढिरहेको धारणा राखे ।
मन्त्री मोदीले सङ्घीयतामा महिला, छिडिएका क्षेत्रका जनता र अपाङ्गता भएका व्यक्तिले राज्यमा अधिकार प्राप्त गरेको विचार राखे । उनले मुलुकमा समानुपातिक समावेशीका कारण वर्तमान अवस्थामा जनताका छोरा एवं छोरी राष्ट्रपति भएको उदाहरण प्रस्तुत गरे ।
मन्त्री मोदीले वातावरण प्रदूषण न्यूनीकरणका लागि युवाले प्रविधिको प्रयोग गरी समाजलाई डोर्याउन आग्रहसमेत गरे । उनले समाजप्रति उत्तरदायी भएर अगाडि बढ्न युवाहरूलाई आग्रह गर्दै हाम्रो संस्कृति, नैतिक शिक्षालाई अँगाल्न आवश्यक भएको बताए ।
मन्त्री मोदीले युवाहरूले विराटनगरको विकास गर्न र यसलाई पहिलो सहरका रूपमा विकास गर्न नेतृत्व लिनुपर्नेमा जोड दिए । फाउन्डेसनका अध्यक्ष चाँदबाबु इराकी, भारतीय युवा प्रतिनिधि शुभ्रो राय, युवा अभियन्ता वसन्त अधिकारी, विवेक दाहाल र सत्तार अन्सारीले वातावरण चुनौती समाधानका लागि युवालाई समावेश गर्नुपर्ने तथा विदेश पलायत हुने युवालाई सरकार विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । सो अवसरमा मन्त्री मोदीले विभिन्न क्षेत्रका युवालाई सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेती लगाउन गोरु पाल्दा सरकारले दियो अनुदान, किसान दङ्ग
-
सरकार-शिक्षकबिच ९ बुँदे सहमति : राहत शिक्षकले गर्यो स्वागत
-
राप्रपामा आबद्ध मुस्लिम समुदायका ताहिर अली भन्छन्- नेपाल हिन्दुराष्ट्र हुनुपर्छ
-
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना
-
जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र निर्वाचित
-
दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ