सरकार युवाहरुलाई श्रमसँग जोड्न लागिपरेको छ : मन्त्री मोदी
मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वर्तमान सरकार युवाहरूलाई श्रमसँग जोड्न लागिपरेको बताएका छन् । मातृभूमि फाउन्डेसन नेपालद्वारा अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा ‘युवाका लागि हरित सीप : विश्व दिगो विकासतर्फ’ नाराका साथ आज यहाँ आयोजित अन्तरक्रियामा उनले मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गरी युवालाई विदेश पलायन हुनबाट रोक्ने दिशातर्फ सरकार अगाडि बढिरहेको धारणा राखे ।
मन्त्री मोदीले सङ्घीयतामा महिला, छिडिएका क्षेत्रका जनता र अपाङ्गता भएका व्यक्तिले राज्यमा अधिकार प्राप्त गरेको विचार राखे । उनले मुलुकमा समानुपातिक समावेशीका कारण वर्तमान अवस्थामा जनताका छोरा एवं छोरी राष्ट्रपति भएको उदाहरण प्रस्तुत गरे ।
मन्त्री मोदीले वातावरण प्रदूषण न्यूनीकरणका लागि युवाले प्रविधिको प्रयोग गरी समाजलाई डोर्याउन आग्रहसमेत गरे । उनले समाजप्रति उत्तरदायी भएर अगाडि बढ्न युवाहरूलाई आग्रह गर्दै हाम्रो संस्कृति, नैतिक शिक्षालाई अँगाल्न आवश्यक भएको बताए ।
मन्त्री मोदीले युवाहरूले विराटनगरको विकास गर्न र यसलाई पहिलो सहरका रूपमा विकास गर्न नेतृत्व लिनुपर्नेमा जोड दिए । फाउन्डेसनका अध्यक्ष चाँदबाबु इराकी, भारतीय युवा प्रतिनिधि शुभ्रो राय, युवा अभियन्ता वसन्त अधिकारी, विवेक दाहाल र सत्तार अन्सारीले वातावरण चुनौती समाधानका लागि युवालाई समावेश गर्नुपर्ने तथा विदेश पलायत हुने युवालाई सरकार विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । सो अवसरमा मन्त्री मोदीले विभिन्न क्षेत्रका युवालाई सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण