पाँचथरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
शनिबार, २७ साउन २०८०, २१ : ०८
पाँचथर । पाँचथरको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा फिदिम नगरपालिका– १ का ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार स्कुटरका चालक उनका श्रीमान् होमकर्ण कार्की गम्भीर घाइते छन्।
हेमकर्णले चलाएको प्रदेश ०१–०३–००१ प ५२७१ नम्बरको स्कुटरमा नाङ्गिनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भीरमा अनियन्त्रित भएर दुर्घटना भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण