पाँचथरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
शनिबार, २७ साउन २०८०, २१ : ०८

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा फिदिम नगरपालिका– १ का ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार स्कुटरका चालक उनका श्रीमान् होमकर्ण कार्की गम्भीर घाइते छन्।
हेमकर्णले चलाएको प्रदेश ०१–०३–००१ प ५२७१ नम्बरको स्कुटरमा नाङ्गिनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भीरमा अनियन्त्रित भएर दुर्घटना भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियामा जसपा नेपालद्वारा नेपाली समाज मलेसिया गठन
-
एमाले नेता कार्यकर्ताको झोलामा के छ ? शंकरले दिए यस्तो जवाफ
-
लोसपाका महासचिव मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी
-
पाकिस्तान भारतसँग विना सर्त शान्ति चाहन्छ : बिलावल भुट्टो
-
वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिन्छ : अर्थमन्त्री पौडेल
-
दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक