शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो

आइतबार, २८ साउन २०८०, २२ : १८
आइतबार, २८ साउन २०८०

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जल सतहको सतर्कता तह पार गरेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण नदीले सतर्कता तह पार गरेको हो । 

सतर्कता तह पार गरेकाले मर्स्याङ्दी नदीमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा भोलि दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागका अनुसार नदीको सतह १० दशमलव १७ मिटरभन्दा माथि आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप