शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले अवरुद्ध बैतडीका दुई राजमार्ग खुल्यो

सोमबार, २९ साउन २०८०, १० : ३९
सोमबार, २९ साउन २०८०

बैतडी । पहिरोका कारण अवरुद्ध भएका बैतडीका  जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन् । गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो । 

सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारीसाधन र यात्रु आ आफ्नो गन्तव्यतर्फ लागेका  छन् । लगातारको  वर्षाका कारण यहाँको जनजीवन प्रभावितसमेत भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप