‘डिग्री माइला’ मा देखिएलान् त दयाहाङ ?
काठमाडौँ । फिल्म ‘डिग्री माइला : म थर्ड क्लास’ निर्माण हुने भएको छ । निर्देशक रामबाबु गुरुङले आफ्नो निर्देशन रहने नयाँ फिल्म भन्दै ‘डिग्री माइला : म थर्ड क्लास’ घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेका छन् । पोस्टरका साथ उनले फिल्मको रिलिज मिति २०८१ को नयाँ वर्ष प्रदर्शन मिति समेत बताएका छन् ।
बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा फिल्मको निर्माण हुने फिल्म नाटक ‘डिग्री माइला’ का थिमबाट निर्माण हुन लागेको हो । २०७१ सालमा मण्डला थिएटरमा तीनपटक मञ्चन भएको यो नाटकले निके चर्चा पाएको थियो । नाटकको निर्देशन अभिनेता दयाहाङ राईले गरेका थिए ।
फिल्ममा पनि उनी मुख्य भूमिकामा देखिने चर्चा छ । तर, अहिलेसम्म कलाकारको ‘लाइन अप’ घोषणा भएको छैन । दयाहाङको पनि सेडुल एकदमै प्याक भएकोले यो फिल्म अभिनय गर्ने नगर्ने अहिले केही बताएको छैनन् । असोज र मङ्सिर गरेर दुई सेडुलमा फिल्मको छायाङ्कन हुनेछ ।
पछिल्लो समय ‘कबड्डी ४’ र ‘जारी’ सफल फिल्म दिएका निर्देशक रामबाबु गुरुङले कमेडी जनरामै यो फिल्म बनाउन लागेका हुन् । फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण