पहिरोका कारण ९ ठाउँमा सडक अवरोध
काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न ९ ठाउँमा सडक अवरोध भएको छ ।
पहिरोका कारण दार्चुलाको शैल्यशिखर नगरपालिका-६ पनेबाँजस्थित गोकुलेश्वर-दार्चुला हाईवे सडकखण्ड, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२ चनौटेस्थित मेलम्ची-हेलम्बु सडकखण्ड तथा पाँचपोखरी थाङपाल गाउँपालिका-८ उत्तिसघारीस्थित मेलम्ची-भोताङ सडकखण्ड, मुगुको छायानाँथ रारा नगरपालिका-७ टोप्लास्थित जुम्ला-नाग्म-मुगु सडकखण्ड, डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवास्थित डडेल्धुरा-दिपायल सडकखण्ड तथा आलिताल गाउँपालिका-१ हगुल्टेस्थित भिमदत्त राजमार्ग, पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित सिद्धार्थ राजमार्ग, रोल्पाको त्रिवेणी गाउँपालिका-२ भागोबारीस्थित घोराहीदेखि थवाङ जाने शहिदमार्ग सडकखण्ड र रूकुम (पूर्व)को सिस्ने गाउँपालिका-६ कोरबासस्थित मध्य पहाडी लोक मार्गमा सडक अवरोध भएको हो ।
पहिरो गएका स्थानहरूमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण