बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोका कारण ९ ठाउँमा सडक अवरोध

सोमबार, २९ साउन २०८०, १२ : १५
सोमबार, २९ साउन २०८०

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न ९ ठाउँमा सडक अवरोध भएको छ । 

पहिरोका कारण दार्चुलाको शैल्यशिखर नगरपालिका-६ पनेबाँजस्थित गोकुलेश्वर-दार्चुला हाईवे सडकखण्ड, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२ चनौटेस्थित मेलम्ची-हेलम्बु सडकखण्ड तथा पाँचपोखरी थाङपाल गाउँपालिका-८ उत्तिसघारीस्थित मेलम्ची-भोताङ सडकखण्ड, मुगुको छायानाँथ रारा नगरपालिका-७ टोप्लास्थित जुम्ला-नाग्म-मुगु सडकखण्ड, डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवास्थित डडेल्धुरा-दिपायल सडकखण्ड तथा आलिताल गाउँपालिका-१ हगुल्टेस्थित भिमदत्त राजमार्ग, पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित सिद्धार्थ राजमार्ग, रोल्पाको त्रिवेणी गाउँपालिका-२ भागोबारीस्थित घोराहीदेखि थवाङ जाने शहिदमार्ग सडकखण्ड र रूकुम (पूर्व)को सिस्ने गाउँपालिका-६ कोरबासस्थित मध्य पहाडी लोक मार्गमा सडक अवरोध भएको हो । 

पहिरो गएका स्थानहरूमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप