‘जुलेबी’ले अर्ग्यानिक कन्टेन्ट भन्छ – सुशिल
काठमाडौँ । अभिनेता सुशिल सिटौलाको केही दिनयता व्यस्तता बढेको छ । फिल्म ‘जुलेबी’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने भएपछि उनी यसैको प्रचार प्रसारमा व्यस्त भएका हुन् । फिल्मले आफ्नो अभिनय करियरमा एउटा इट्टा थप्ने उनले विश्वास लिएका छन् ।
‘‘जुलेबी’ एउटा आशालाग्दो कथामा निर्माण भएको छ’, फिल्म प्रचारको क्रममा रातोपाटीसँग ठोकिएका सुशीलले भने ‘कथा अग्र्यानिक र काठमाडौंकै हो । त्यसैले दर्शकको रोजाइमा पर्छ भन्ने लाग्छ ।’ फिल्मले रत्नपार्कका यौनकर्मीको कथा उठाएको उनले सुनाए ।
सुशिल राम्रो अभिनय गर्ने कलाकारमा पर्छन् । त्यसैले थोरै फिल्म अभिनय गरेपछि दर्शकमा उनको राम्रो छाप छ । फिल्म ‘जुलेबी’बाट पनि त्यो छाप कायम अझै रहेन उनी बताउँछन् ।
फिल्ममा उनले डोटीबाट काठमाडौँ आएको ‘छमान’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । ‘रत्नपार्कमा भिडभाड देख्छौं । कसैले कसैलाई चिन्दैनौं । त्यही रत्नपार्क हुँदै ओहोरदोहोर गर्ने, बागबजारमा काम गर्ने एक केटा छमानको भूमिका मेरो छ’ सुशीलले फिल्मको भूमिका राखे ।
‘जुलेबी’मा मेरो अहिलेसम्मकै फरक क्यारेक्टर छ’, उनले भने ‘नेपाली फिल्ममा मलाई अहिलेसम्म नदेख्नु भएको क्यारेक्टर यसमा देख्नुहुनेछ ।’ फिल्मको छायांकन काठमाडाँैका विभिन्न स्थानमा गरिएको हो ।
सुशिल ‘होस्टेल रिटर्नस’बाट अभिनयमा डेब्यु गरेका हुन् । पहिलो फिल्म नै हिट दिएका उनको त्यसपछि केही फिल्म आयो । हरेक फिल्ममा फरकफरक क्यारेक्टर निर्वाह गर्दै आएका उनी हरेक फिल्ममा फरक भूमिका निर्वाह गर्दा चुनौती र मनोरञ्जन दुबै मिल्ने बताउँछन् ।
‘जुलेबी’मा सुशीलका अलावा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, पुस्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको अभिनय छ । फिल्म आभा नेपालले निर्माण गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण