सुन तस्करीको सूचना दिने सुराकीले कति पाउँछन् पुरस्कार ?
काठमाडौँ । अन्ततः असार ३० गते हङकङबाट तस्करी गरेर ल्याएको सुनको परिमाण खुलेको छ । साउन २ गते समातेको सुनको परिमाण त्यसको २८ दिनपछि खुलेको हो ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार सुन जोखेपछि ६० किलो ७१६ ग्राम सुन रहेको पाइएको छ ।
यससँगै, सुन तस्करी भइरहेको सूचना दिने सुराकीले पाउने पुरस्कार रकम समेत टुंगो लागेको छ । राजश्व अनुसन्धान विभागले पाएको सूचनाका आधारमा सुन सिनामंगलबाट समातिएको थियो । सुन गाल्ने र जोख्ने प्रक्रिया सम्पन्न भएसँगै सुराकीले पाउने पुरस्कार समेत टुंगो लागेको हो ।
राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन ९संशोधन०को दफा २९ मा सुराकीले पाउने रकमको बारेमा खुलाइएको छ । सो व्यवस्थाअनुसार सुराकीले १० प्रतिशत वा ५० लाखमध्ये जुन कम हुन्छ सोही बराबरको रकम पाउनेछ ।
यस्तै, तस्करीबाट ल्याइएको उक्त सुन नेपाल राष्ट्र बैंकले नै किन्ने छ । यसका लागि राजश्व अनुसन्धान विभागलाई सो सुनको बजार मूल्यभन्दा ५ प्रतिशत बढी मूल्यको रकम दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण