शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

संसदको अवरोध खोल्ने विषयमा छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बुधबार, ३१ साउन २०८०, १० : ५८
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बसेको छ । एमालेले संसदमा जारी राखेको गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वास लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

क्वीटल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग रादै संसद अवरोध गरेको छ । सरकारले सुन लगायत विभिन्न भ्रष्टाचारको फाइलमा खोलेपछि सत्ता गठबन्धन दलका नेताहरू नै सरकारसँग सशंकित छन् । 

सोमबार बसेको बैठकले आपसी अविश्वासलाई हल गर्दै वर्तमान गठबन्धन कायमै राख्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप