प्रहरी जवानमाथि यौन दुर्व्यवहारको आरोप
जनकपुरधाम । धनुषामा एक प्रहरी जवानमाथि किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । प्रहरी चौकी लालगढका प्रहरी जवान रुपेश चौधरीले स्थानीय १४ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहारको आरोप लागेको हो ।
मंगलबार राति करिब १० बजेको समयमा प्रहरी जवान चौधरीले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप छ । उनलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
‘बालिका मामाको घरमा पूजामा गएको थिइन्,’ डीएसपी गौतमले भने,‘दुईजना प्रहरी पनि त्यहाँ प्रसाद खान गएका रहेछन् । सोही क्रममा प्रहरी जवान चौधरीले अन्जानमा किशोरीको जिउमा छोइएको बताएका छन् । तर, पीडित पक्षले दुर्व्यवहार नै गरेको आरोप लगाएका छन् ।’
यस विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
यसअघि प्रहरीले घटना लुकाउन खोजेको भन्दै स्थानीयहरुले प्रहरीविरुद्ध पूर्व-पश्चिम राजमार्गमा अवरुद्ध गर्दे गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण