ब्याजदरमा हस्तक्षेप गर्दैनौं : अध्यक्ष केसी
काठमाडौँ । बैंकर्स संघका अध्यक्ष सुनील केसीले भदौ महिनाका लागि पनि बैंकको ब्याजदरमा कुनै हस्तक्षप नगर्ने बताएका छन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अध्यक्ष केसीले रातोपाटीसँग कुरा गर्दै भने, ‘एकै महिनामा नीति परिवर्तन गर्ने भन्ने हुँदैन, भदौ महिनाका लागि पनि हामी बैंक ब्याजदरको खुल्ला नीतिमा नै जान्छौं ।’
भद्र सहमतिको नाममा बैंकहरुले ब्याजदरमा एकाधिकार (कार्टेलिङ) गरेको भन्दै चौतर्फी विरोध भएसँगै वाणिज्य बैंकहरुको छाता संगठन ‘नेपाल बैंकर्स संघ’ ले साउनदेखि ब्याजदरमा खुल्ला नीति कार्यान्वयनमा ल्याएको थियो । संघले ब्याजदरमाथिको नियन्त्रण छाडेसँगै साउन महिनाका लागि बैंकहरुले आफु खुशी ब्याजदर तोकेका थिए ।
बैंकहरुले साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि अधिकतम् १०.९८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । साउन महिना सकिनै लाग्दा बैंकहरुले भदौ महिनाका लागि पनि खुल्ला नीति अनुरुप नै आफु अनुकूल ब्याजदर तोक्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण