शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

बैंकहरुबीच ब्याजदरमा प्रतिस्पर्धा : अधिकांशले ब्याज बढाउँदा केहीले घटाए

बिहीबार, ३२ साउन २०८०, ११ : २६
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । नेपाल बैंकर्स संघले अघिल्लो महिना आफूखुसी ब्याजदर तोक्न छुट दिएपछि बैंकहरुबीच प्रतिस्पर्धा देखिएको छ । वाणिज्य बैंकहरुबीच भदौ महिनाका लागि निक्षेपको ब्याजदर तोक्न तीव्र प्रतिस्पर्धा देखिएको हो ।

बैंकहरुले भदौ महिनाका लागि प्रकाशन गरेको ब्याजदरको सूचीअनुसार १२ वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । यी बैंकहरुले भदौ महिनाका लागि साउनको तुलनामा ब्याजदर बढाएका हुन् । यस्तै, ४ बैंकले ब्याजदर स्थिर कायम राख्दा ४ बैंकले भने घटाएका छन् ।

ब्याजदर बढाउने बैंकको सूचीमा नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक छन् । यस्तै, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, एभरेस्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे बैंकले समेत ब्याजदर बढाएका छन् ।

नयाँ ब्याजदर अनुसार नेपाल बैंक, कृषि विकास बैंक, सानिामा बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक र सिटिजन्स बैंकको ब्याजदर समान १०.८९ प्रतिशत ब्याज कायम भएको छ । यस्तै, लक्ष्मी बैंकको १०.४ प्रतिशत ब्याज छ । यसबाहेक, सिद्धार्थको ९.९९ प्रतिशत, प्रभुको र एभरेष्टको समान १०/१० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे बैंकको समान ९÷९ प्रतिशत ब्याजदर तोकिएको छ ।

भदौ महिनाका लागि ४ बैंकले भने ब्याजदर स्थिर राखेका छन् । नबिल बैंकको ब्याजदर १०.४९ प्रतिशत, नेपाल एसबीआई, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ब्याजदर समान ९.९९ प्रतिशत छ । 

यसबाहेक, भदौ महिनाका लागि ४ वाणिज्य बैंकहरुले भने ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुको सूचीमा एनएमबी, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टड र एनआईसी एसिया बैंक छन् । भदौ महिनाका लागि एनएमबीले ९.९९ प्रतिशत ब्याज तोकेको छ । साउन महिनाका लागि यो बैंकको ब्याजदर १०.९३ प्रतिशत थियो ।

यस्तै, प्राइमको नयाँ ब्याजदर १०.५० प्रतिशत छ । साउन महिनामा यो बैंकको ब्याजदर १०.९३ प्रतिशत थियो । यसबाहेक, साउन महिनामा ८.९५ प्रतिशत ब्याज रहेको स्ट्यान्डर्ड चार्टडको भदौका लागि ८.९२ प्रतिशत तोकेको छ । साउन महिनामा १०.९३ प्रतिशत ब्याजदर तोकेको एनआईसी एसियाले समेत भदौ महिनाका लागि १०.८९ प्रतिशत तोकेको छ ।

यसअघिको समाचारमा संशोधन गरिएको छ- सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप