शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

छात्रवृत्ति पाएका विद्यार्थीसँग कुनै प्रकारको शुल्क लिन नपाउने

बिहीबार, ३२ साउन २०८०, १७ : ५४
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । कक्षा ११ र १२ मा अध्ययन गर्न काठमाडौँ महानगरपालिकाबाट छात्रवृत्ति पाएका विद्यार्थीहरूले कुनै पनि शुल्क बुझाउनु नपर्ने भएको छ । काठमाडौँ महानगरले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरूलाई शिक्षण संस्थामा कुनै पनि शुल्क नबुझाउन अनुरोध गरेको छ । 

छनौटमा परेका विद्यार्थीहरूसँग विभिन्न बहानामा शुल्क लिने गरेको पाइएको भन्दै महानगरले कुनै प्रकारको शुल्क नदिन भनेको हो । 

कक्षा ११ र १२ मा विद्यार्थीले शिक्षण संस्थालाई भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी र ल्याब/पुस्तकालयबापत शुल्क तिर्नु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था रहेको महानगरले प्रष्ट पारेको छ ।  

कुनै शिक्षण संस्थाले छात्रवृत्तिमा अध्ययनको लागि आउने विद्यार्थीबाट त्यस्ता कुनै शुल्क मागेमा महानगरको निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ समर्पक गर्न अनुरोध गरेको छ । साथै सम्पर्क व्यक्तिहरू सस्मित पोखरेललाई ९८४००७१५५५ र नेत्रनारायण पौडेललाई ९८५११९९९४५ मा समर्पक गर्न अनुरोध गरेको छ । 

महानगरपालिकाले २०८० साउन २० गते छात्रवृत्ति परीक्षा सञ्चालन गरेको थियो । त्यसको अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूची सार्वजनिक गरेको छ । उनीहरूलाई भदौ ५ गतेभित्र भर्ना भइसक्नुपर्ने समयावधि तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप