मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा बढायो

शुक्रबार, ०१ भदौ २०८०, १० : ५९
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा शतर्कता बढाएको छ ।

स्वीडिस सुरक्षा सेवा (एसएपीओ) ले बिहीवार आतंकवादीहरुको खतरा बढ्दै गएको भन्दै थप शतर्कता बढाएको बताएको हो । स्वीडिस सुरक्षा सेवाका महानिर्देशक चार्लोट भोन एसेनले इस्लामवादीहरुले थप हिंसात्मक गतिविधि बढाएकाले सुरक्षा व्यवस्था कडा बनाइएको बताए । 

यो खतरा लामो समयसम्म रहने स्वीडेनले बताएको छ । स्वीडेन र डेनमार्क दुवै देशको राजधानीमा केही आतंकवादीहरुले कुरान जलाएपछि विश्वका मुस्लिम देशहरुले त्यसको आलोचना गर्दै आएका छन् । सोही विषयलाई लिएर स्वीडेनमा सुरक्षा चुनौति बढेको हो । स्वीडेनले यसअघि पनि १८ नोभेम्बर सन् २०१५ देखि २ मार्च सन् २०१६ सम्म सुरक्षा शतर्कता बढाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप