संघीय निजामती सेवा ऐन चाँडै संसदमा दर्ता हुन्छ : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकसेवा आयोगले समिति दिएको सात दिनमा संघीय निजामती सेवा ऐन संसदमा दर्ता हुने बताएका छन् ।
कांग्रेस निकट निजामती कर्मचारीको भेलामा बोल्दै कांग्रेस उपसभापति समेत रहेका खड्काले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर चाँडै संसदमा दर्ता गरिने बताएका हुन् ।
‘लोक सेवा आयोगले सहमति दिएको सात दिनभित्र संसदमा निजामती सेवा ऐन दर्ता हुन्छ । निजामती सेवा ऐन पारित हुँदा सेवाग्राहीले सम्मानपूर्वक छिटो छरितो सेवा पाउने संविधानको हकको प्रत्याभूति हुने छ ,’ उनले भने, ‘निजामती सेवा ऐन पारित गर्ने प्रतिबद्धता गठबन्धन दलहरु, वर्तमान सरकार र संसदको छ भन्ने कुरा विश्वासका साथ व्यक्त गर्न चाहन्छु । त्यही अनुसार छलफल भएको छ।’
संघीय निजामती सेवा ऐन बनाउन ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको उपप्रधानमन्त्री खड्काले बताए । ‘संघीय निजामती कर्मचारी र राष्ट्र सेवकहरुका हक हित, वृद्धि विकास, पेशाको संविधानले दिएको अधिकारको संरक्षण हुने गरी संघीय निजामती सेवा ऐनमा सम्बोधन गर्न हामीले गम्भीर प्रयत्न गरिरहेका छौं,’ उनले भने ।
मुलुकको अर्थतन्त्र ऋिणात्मक रहेको भन्दै ठूलो आर्थिक दायित्व पर्ने गरी सहुलियत र सुविधाहरु संघीय निजामती सेवा ऐनमा नसमेटिने उनको भनाइ छ । ‘आर्थिक मामिलासँग जोडिएका कुराहरुमा केही समझदारी गर्नुपर्ने छ । राष्ट्रसेवक कर्मचारीलाई भएको अप्ठ्यारो फुकाउन सरकार खुला छ ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर
-
६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प
-
दृष्टिविहीनहरूको आन्दोलन १२ औँ दिन पनि जारी
-
ठगीको अभियोगमा एक जना पक्राउ
-
नेपालमै सहजै रासायनिक मल उत्पादन सम्भव छ
-
किएभमा रूसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ३० पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण