ब्याजदर वृद्धिप्रति अर्थमन्त्री असन्तुष्ट : तीनवटै सरकारी बैंकका प्रमुखहरुलाई बोलाएर सोधे स्पष्टीकरण
काठमाडौँ । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले आफू खुसी ब्याजदर वृद्धि गरेसँगै अर्थमन्त्री डा.प्रकाशशरण महत असन्तुष्ट बनेका छन् । पर्याप्त तरलता हुँदाहुँदैपनि बैंकहरुले थप ब्याजदर वृद्धि गरेर लगानीको वातावरण धुमिल बनाएको भन्दै अर्थमन्त्री डा.महतले तीन वटा वाणिज्य बैंकलाई कारण सोधेका हुन् ।
शुक्रबार कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनीसँगै सीईओ गोविन्द गुरुङ, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष बलराम पाठक र सीईओ किरणकुमार श्रेष्ठ र नेपाल बैंकका अध्यक्ष ज्ञानप्रसाद ज्ञवालीसहित सीईओ कृष्णबहादुर अधिकारीलाई अर्थमन्त्राल बोलाएर अर्थमन्त्री महतले ब्याजदर बढाउनुको कारण सोधका छन् ।
अर्थमन्त्री महतले सरकारी बैंकले नै किन सरकारको ब्याजदर घटाउने नीतिलाई असफल बनाउन खोजेको भन्दै स्पष्टीकरण सोधेको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिउत्तरमा बैंकका प्रतिनिधिहरुले प्रतिस्पर्धी बजारमा निक्षेप जोगाउन ब्याजदर बढाउनुपरेको जवाफ दिएका छन् । तर, निक्षेपमा ब्याजदर बढाएपनि कर्जामा भने ब्याजदर नबढाउने प्रतिबद्धता तीनवटै बैंकले गरेको स्रोतले बताएको छ ।
बिहीबार भदौ महिनाका लागि नयाँ ब्याजदर तोकका बैंकहरुले निक्षेपमा न्यूनतम ८ प्रतिशतदेखि १०.९८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । निक्षेप गुम्ने डलर बैंकहरुले प्रतिस्पर्धी भावमा अघिल्लो महिनाभन्दा बढी ब्याजदर अफर गरेका हुन् । साउन महिनाका लागि बैंकहरुले निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याज प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण