दाङमा जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु
शुक्रबार, ०१ भदौ २०८०, २१ : ४३
दाङ । जिल्लामा जंगली च्याउ खाँदा एकै घरमा आमा छोरीको मृत्यु भएको छ । साउन २९ गते साँझ बंगलाचुली गाउँपालिका–४ मैकुटी निवासी २७ बर्षीया ईश्वरी सुनार र उनकी ११ बर्षीया छोरी अस्मिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।
आमा इश्वरीको शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा निधन भएको हो भने छोरी अस्मिताको बुधबार नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
ईश्वरीका श्रीमान अजय भने गम्भीर अवस्थामा छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण