सातामा प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबारको तुलनामा यो साताको शुक्रबार ७०० रुपैयाँले सुनको मूल्य घटेको महासंघले जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ कायम थियो ।
यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्मा ७०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ । यसबाहेक, यो साता चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।
जुन, यो साताको शुक्रबार १५ रुपैयाँ बढेर प्रतितोला १३ सय ९० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण